उपनिर्वाचनका लागि राजनीतिक दललाई उम्मेदवार छनौटमा सकस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपनिर्वाचनका लागि राजनीतिक दललाई उम्मेदवार छनौटमा सकस

nirbachan aayog

काठमाडौं, १४ कात्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिंदै गर्दा राजनीतिक दलहरुलाई उम्मेदवार छनौटका लागि सकस भएको छ । निर्वाचन आयोगले तोकेको उम्मेदवारी दर्ताको मिति नजिक आउँदासम्म अहिलेसम्म प्रमुख राजनीतिकदलले कुनै क्षेत्रको लागि पनि औपचारिक रुपमा उम्मेदवारको नामको टुङ्गो लगाउन सकेका छैनन् ।

निर्वाचन आयोगले रिक्त रहेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि कार्तिक २१ गते उम्मेद्धारी दर्ता गराउने र २४ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालीका सार्वजनिक गरिसकेको छ ।

उम्मेद्धारको नाम दर्ता गर्ने समय एकसाता बाँकि रहँदा पनी प्रमुख दलहरुले उम्मेद्धारको नाम टुङ्गो लगाउन सकेका छैनन् । २०७४ सालको चुनावपछि विभिन्न कारणले रिक्त रहेका स्थानीय तहदेखि केन्द्रसम्मका प्रतिनिधिहरुको निर्वाचन क्षेत्रमा मंसीर १४ गते उप निर्वाचन हुन लागेको हो ।

रिक्त पदका लागि निर्वाचन आयोगले कात्तिक २१ गतेसम्म उम्मेद्धारी दर्ता र २४ गते अन्तीम नामावली प्रकाशन गर्ने कार्यतालीका सार्वजनीक गरेको छ । प्रतिनिधि सभातर्फ कास्की तथा प्रदेशसभातर्फ बागलुङ, भक्तपुर र दाङ निर्वाचन क्षेत्र रिक्त छन् ।

दलहरुले उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्वाचन हुने क्षेत्रमा निर्देशन जारी गरिसके पनि सिफारिसले समेत पूर्णता पाएको छैन । जसले गर्दा उम्मेदवार छनौट गर्न सबैदलहरुलाई अहिले सकस परिरहेको छ । यो सकस सत्तारुढ दलमै पनि देखिएको छ।

सत्तारुढ दल मात्र होइन, अहिले उम्मेद्धारको नामको टुङ्गो लगाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई समेत सकस परिरहेकोे छ । उम्मेदवारबारे छलफल गर्न बोलाईएको केन्द्रीय समिति बैठक नै विवादले बस्न सकेन भने सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले पनि उम्मेदवार टुंगो लागाउन सकेको छैन ।

उम्मेद्धारका लागी जिल्लाबाट धेरै जनाको नामको सिफारीस आएको कारण नेपाली कांग्रेसलाई नाम टुङ्गो लगाउन सकस परेको हो । शीर्षदलले हालसम्म उम्मेद्धारको नाम टुङ्गो लगाउन नसकिरहेको अवस्थामा साझा पार्टीले भने कास्की र भक्तपुरमा उम्मेदवारको नाम टुङ्गो लगाइ सकेको छ ।

हाल रिक्त रहेका स्थान कास्की, भक्तपुर र दाङमा अघिल्लो चुनावमा पूर्व एमालेले बिजयी हासिल गरेको थियो भने बाग्लुङमा राष्ट्रीय जनमोर्चाले विजयी हासिल गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);