सरकारले भन्यो- 'भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा नेपाललाई मान्य हुँदैन' | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सरकारले भन्यो- ‘भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा नेपाललाई मान्य हुँदैन’

काठमाडौं, २० कात्तिक । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सालाई नेपाल सरकारले मान्य नहुने बताएको छ । बुधवार परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति निकाल्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो ।

विज्ञप्तिमा भारतको एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाललाई मान्य नहुने उल्लेख गरेको छ । यस्तै, कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको कुरापनि विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरुको दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाल सरकारलाई मान्य नहुने उल्लेख छ ।

मन्त्रालयले सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको समेत उल्लेख गरेको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेकाे प्रेस विज्ञप्ति

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);