नेपाली भूमि कुनै पनि हालतमा तलमाथि हुन दिन्नौ : राजन भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाली भूमि कुनै पनि हालतमा तलमाथि हुन दिन्नौ : राजन भट्टराई

काठमाडौं, २० कात्तिक । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नेपाली भूमि कुनै पनि हालतमा तलमाथि हुन नदिने दृढता व्यक्त गर्नुभएको छ  । उहाँले भारतीय नक्सामा नेपाली भूभाग समेटिएको हो भने सरकारलाई स्विकार्य नहुने बताउनु भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले विभिन्न समाचार माध्याममा भारतीय नक्सामा नेपालको कालापानी लगायतका भूभाग समेटिएको समाचार आएको उल्लेख गर्दै त्यसमा सत्यता भए सरकारलाई स्विकार्य नहुने चेतावनी दिनु भएको हो ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले त्यसका बारेमा सरकारले अध्ययन गरिरहेको र त्यसको निष्कर्ष नआई भारतीय नक्सामा नेपाली भूभाग समेटिएको भन्न नमिल्ने उहाँको भनाई छ ।

‘हाम्रो भूभाग उहाँहरुले नक्सामा पार्नु भएको हो भने त्यो बेठिक हो,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले भन्नु भयो,‘त्यो हामीलाई स्विकार्य हँदैन ।’ उहाँले त्यो अध्ययन नभई भारतले हस्तक्षेप गरिहाल्यो भनेर निष्कर्ष निकाल्न भने सरकारले नमिल्ने स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक तथ्यले पुष्टि गरिसकेकाले त्यसमा सरकारले कुनै पनि हालतमा तलमाथि हुन नदिने दृढता पनि व्यक्त गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);