सभापति देउवाद्वारा भारतको नयाँ नक्साप्रति भारत सरकार समक्ष आपत्ति व्यक्त | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

सभापति देउवाद्वारा भारतको नयाँ नक्साप्रति भारत सरकार समक्ष आपत्ति व्यक्त

DEUBA phone

काठमाडौं, २२ कात्तिक । प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समाबेश गरिएकोप्रति भारत सरकार समक्ष आपत्ति जनाउनु भएको छ ।

देउवाले बिहिबार नेपालका लागि भारतीय राजदुत मंजिवसिह पुरीलाई फोनगरी भारतीय नक्सामा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएकोमा भारतीय सरकारसमक्ष आपत्ति जनाउनु भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको उल्लेख गर्दै भारतीय अतिक्रमणप्रति देउवाले आपत्ति जनाउनु भएको उल्लेख गरिएको छ ।

नेपाली भूमिमाथि हुने कुनै पनि किसिमको अतिक्रमण पार्टीलाई स्वीकार्य नहुने कांग्रेसले जनाएको छ । कांग्रेसले नेपाली भू–भाग अतिक्रमण भएको जस्तो महत्वपूर्ण सवालमा समग्र मुलुकको साझा दृष्टिकोण बनाई कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);