उपनिर्वाचनमा ६५ उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

उपनिर्वाचनमा ६५ उम्मेदवार

upanirbachan

काठमाडौं, २२ कात्तिक । प्रतिनिधिसभाको एक र प्रदेशसभाका रिक्त तीन निर्वाचन क्षेत्रका लागि ६५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको कास्की–२ र प्रदेशसभाको भक्तपुर १९१०, बागलुङ २९२० र दाङ ३९२० निर्वाचन क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ ।

ती क्षेत्रका लागि बिहीबार सम्बन्धित जिल्लास्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता भएको हो । चारवटै निर्वाचन क्षेत्रमा तत्कालीन एमाले–माओवादीसहितको वाम गठबन्धनले जितेको थियो ।

प्रतिनिधिसभाको कास्की–२ मा २२ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ । २०७४ को निर्वाचनमा एमालेका रवीन्द्र अधिकारीले उक्त क्षेत्रमा चुनाव जितेका थिए । नेकपाबाट त्यहाँ अधिकारीपत्नी विद्या भट्टराईले उम्मेदवारी दिएकी छन् ।

कांग्रेसबाट खेमराज पौडेल, समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार छन् । साझा पार्टीका रजनी केसी र विवेकशील पार्टीका तर्फबाट जमुना शर्माको स्वतन्त्र उम्मेदवारी परेको छ । उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने ११ जना छन् ।

प्रदेशसभातर्फ भक्तपुर १९१० मा नेकपाबाट देवीप्रसाद ढकाल, कांग्रेसबाट कृष्णलाल भँडेल प्रतिस्पर्धामा छन् । नेमकिपाबाट नीरज लवजूको उम्मेदवारी दर्ता भएको छ । त्यहाँ समाजवादीका सुदर्शन मुनकर्मी र साझा पार्टीका सुरज प्रधानको उम्मेदवारी परेको छ । त्यस्तै राप्रपाका श्यामप्रसाद नेपाल र नेकपा ९माले० का सुदर्शन लामिछाने उम्मेदवार छन् । उक्त क्षेत्रमा १९ जना चुनावी प्रतिस्पर्धामा छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);