दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ताको समय सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बिनिता केसी
काठमाण्डौँ, १६ कार्तिक । प्रदेश र प्रतिनिधिसभा दोस्रो चरणको प्रत्यक्षतर्फको निर्वाचनका लागि विहीबार तोकिएको उम्मेदवारी दर्ताको समय सकिएको छ । बिहान १० बजे देखि बेलुकी ५ बजेसम्मको समयमा मनोनयन दर्ताका लागि निर्वाचन आयोगले समय निर्धारण गरेको थियो । ५ बजे भित्र निर्वाचन अधिकृतको कार्यलय पुगेका उम्मेदवारले मात्र मनोनयन दर्ता गराउन पाउने व्यवस्था रहेको छ । विभिन्न ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि उम्मेदवारी दर्ता भएकोे हो ।

दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर–१ अन्र्तगत इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर–२ अन्र्तगत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नम्बर–३ अन्तर्गत सिन्धुली, मकवानपुर, चितवन, काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा उम्मेद्वारी दर्ता भएको छ ।

यस्तै, प्रदेश नम्बर–४ का नवलपरासी पूर्व, कास्की, स्याङजा र पर्वत तथा प्रदेश नम्बर–५ का नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दियामा उम्मेदवारी दर्ता भएको हो । प्रदेश नम्बर–६ अन्र्तगत सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नम्बर–७ अन्र्तगत कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि विहीबार उम्मेद्वारी दर्ता भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समय निर्धारण गरेको थियो ।

आयोगले सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था मिलाइएको थियो । दोस्रो चरणको निर्वाचन मंसिर २१ गतेका लागि तय गरिएको छ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचन अन्र्तगत प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ सिटमा कात्तिक ५ गते नै उम्मेदवारी दर्ता भइसकेको छ । यस्तै प्रमुख दलका शीर्ष नेता प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा भिँड्ने भएका छन् । सबै दलका उम्मेदवारले बाजागाजा र उल्लासका साथमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);