आज प्रतिनिधिसभाका १२८ र प्रदेशका २५६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १६ कार्तिक । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी आज बिहीबार हुँदैछ। आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुन लागेको हो । आज बिहीबार बिहान १० देखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

सदरमुकाममा खोलिएको मुख्य निर्वाचन अधिकृत तथा क्षेत्रअनुसारको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगले उम्मेदवारी दर्ताका लागि सबै तयारी सकिएको जनाएको छ।

आज दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुनेछ। दोस्रो चरणको निर्वाचनमा शीर्ष पार्टीका शीर्ष नेताहरु सबैले उम्मेदवारी दिंदैछन् । दोस्रो चरणमा तराई र पहाडका ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ । प्रतिनिधिसभाको कुल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गतेको पहिलो चरणमै निर्वाचन हुँदै छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);