यस्तो पनि देखियो टिकटका लागि बालुवाटारमा ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

काठमाडौँ, १६ कार्तिक । प्रदेश र प्रतिनिधिसभाका लागि कांग्रेसबाट टिकट लिन तराई मधेसका नेताहरू भारतीय नम्बर प्लेटका आधा दर्जन गाडीसहित प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन् । कोही आफन्तको र त कोही भाडामा भारतीय नम्बर प्लेटका गाडी लिएर पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटार पुगेका हुन्।

सप्तरीका कांग्रेस सभापति दिनेश यादव, सर्लाहीस्थित मलंगवाका मेयर निश्चल साह आफूनिकटका नेतालाई उम्मेदवार बनाउन भारतीय गाडीमा कांग्रेसको झन्डासहित बालुवाटार छिरेका थिए। कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले निर्वाचनका लागि दिनको दुई हजार पाँच सय रुपैयाँमा भारतीय गाडी भाडामा लिएका छन् । उनले भाडामा लिएको गाडी पनि नेता बोकेर बालुवाटारमा आएको थियो।

तराई मधेका नेताहरूका स्र्कोपियो, टाटासहितका ५-६ वटा गाडी बुधबार बालुवाटारमा देखिए। आफूनिकटका नेताको उम्मेदवारी टुंगो लागेपछि नेतालाई बोकेर जिल्ला पुग्ने र निर्वाचनभर प्रचारमा पनि प्रयोग हुने सम्बन्धित गाडीका चालकहरू बताउँछन्।

‘निर्वाचनका लागि भनेर कसैले भारतीय आफन्त र कसैले भाडामा गाडी ल्याएका छन्,’ भारतीय नम्बर प्लेटको गाडीका चालक विजयकुमार कुसवाहले भने, ‘निर्वाचनभर भारतीय गाडी प्रयोग गर्ने भनेर ल्याइएको छ।’

बालुवाटारमा बिहानदेखि रातिसम्मै भिड

आफूनिकटका नेतालाई टिकट दिलाउन तराई मधेसबाट सयौँको संख्यामा नेता-कार्यकर्ता बालुवाटार आएका थिए । बालुवाटारमा बिहानदेखि मध्यरातसम्मै भिड लागेको थियो । आफूनिकटको नेताले टिकट पाएको खुसियाली मनाउन र हेर्नका लागि बालुवाटारमा सयौँको भिड लागेको थियो।

टिकट पाउँदा नै फूलमालाले छोपिए उम्मेदवार

बालुवाटारमा टिकट पाएपछि डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्ल गलाधारी मालासहित बालुवाटारमा देखिए। डडेल्धुरा ‘ख’बाट उनले प्रदेश सभामा टिकट पाएका छन् । टिकट पाउँदा नै उनी विजयी भएको शैलीमा माला र खादासहित नेता-कार्यकर्ताको भिडमा देखिए । टिकट पाएका अन्य नेताहरू पनि खादासहित प्रफुल्ल भएर मिडियालाई टिकट देखाउँदै बाहिरिएका थिए।

टिकट नपाउनेहरू निराश, टाटासुमोको टिकटको जोक

आफूनिकटका नेताले टिकट नपाउँदा केही नेता–कार्यकर्ता निराश बनेका थिए । कतिपय त पार्टीले आफूहरूले आशा गरेको नेतालाई टिकट नदिइएपछि अब गाडीको टिकट काटेर जिल्ला फर्किने भन्दै बालुवाटार प्रांगणमा रमाइलो गरिरहेका देखिन्थे।

मीन विश्वकर्मा प्रत्यक्षमा पनि उम्मेदवार

कांग्रेसबाट समानुपातिक सूचीमा परेका मीन विश्वकर्मा प्रत्यक्षतर्फका पनि उम्मेदवार बनेका छन् । निर्वाचन आयोगमा बुझाइएको बन्द सूचीमा विश्वकर्माको नाम छ । तालमेलमा संघीय समाजवादी फोरमका अशोक राईलाई सुनसरी १ बाट टिकट दिने तयारी कांग्रेसको थियो। तर, तालमेलको सम्भावना कम हुँदै गएपछि कांग्रेसले पुनः विश्वकर्मालाई उम्मेदवार बनाएको हो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);