दमकमा यातायातको अनुगमन, रातो प्लेटका गाडीले यात्रु बोक्न नपाउने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

दमकमा यातायातको अनुगमन, रातो प्लेटका गाडीले यात्रु बोक्न नपाउने

दमक, २४ असोज । झापाको दमकमा यातायात व्यवस्था कार्यालय मेचीको टोलीले अनुगमन गरेको छ । दमक चोक पूर्व रहेको ट्याक्सी स्टेण्डमा यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख कृष्ण प्रसाद पौडेलसहितको टोलीले अनुगमन गरेको हो ।

सो क्रममा पौडेलले रातो प्लेटका यातायात साधनले यात्रुहरु बोक्ने गरेको जनगुनासो आएकोले आँफूहरु अनुगमनमा आएको बताउनु भयो । उहाँले रातो प्लेटका गाडीहरुले भाडामा यात्रुहरु बोक्न नपाउने भन्दै भाडामा गाडी चलाउने हो भने कालो प्लेट प्रयोग गर्न व्यवसायीहरुलाई अनुरोध गर्नु भयो ।

पौडेलले भन्नुभयो, भाडामा चलाउन चाहानु हुन्छ भने कालो प्लेटमा लगिदिनुहोस् । कालो प्लेटमा आइसकेपछि रुट लिनु पर्यो, कुन ठाउँ जाने हो, रुट लिने जाने, अन्यत्र जानु परे पटके काट्ने जाने । तपाइहरुले तिरेको करबाटै हामीले तलब खाने भन्दै उहाँले नियममा गए यातायात, ट्राफिक, जिल्ला प्रसाशन सबैबाट सहयोग हुने समते बताउनु भयो ।

जनचेतना जगाउने तीन दिने कार्यक्रम अनुसार पहिलो दिन काँकडभिट्टा र दोश्रो दिन विर्तामोडका व्यवसायीहरुसँग कुरा गरेको र तेश्रो दिन दमक आएको भन्दै प्रमुख पौडेलले नियम अनुसार आउन व्यवसायीहरुलाई अनुरोध गर्नु भयो । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका इन्स्पेक्टर प्रकाश जबेगुले निजी सवारी साधन स्टेशनमा राख्न नपाईने भन्दै कानून सम्बत आउन आग्रह गर्नु भयो ।

यता यातायात व्यवसायीहरुले भने एक नम्बर प्रदेश भर चलाउन पाउनु पर्ने माग राखेका छन् । नेपाल यातायात मजदूर संघ दमकका कमल राई लगायतले एकै स्वरमा भने एक नम्बर प्रदेश भरी चल्न पाउने हो भने हामी आजै कालो प्लेट बनाउँछौ ।

त्यस्तै यातायात ट्राफिक व्यवस्थापन समिति दमकका संयोजक प्रजापति सापकोटाले ताराबारी ढाटमा पटके राख्ने तयारी भइरहेको र कालो प्लेटको गाडी कहाँ राख्ने पार्किङ्गको व्यवस्था गर्ने बताउनु भयो । उहाँले रातो प्लेटका गाडीहरु भोलि देखी स्टेण्डमा राख्न नदिने समेत बताउनु भयो । दमकमा एक सय ५० को हाराहारीमा रातो प्लेटका गाडीले यात्रु बोक्ने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);