फूलपातीको बढाइँ सांकेतिक रूपमा मात्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

फूलपातीको बढाइँ सांकेतिक रूपमा मात्र

काठमाडौं, २४ असोज । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिक रूपमा मात्र आयोजना गरिने भएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र बढाइँ गरिने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ ।यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ । स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा सांकेतिक रूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेको नेपाली सेनाले बताएको छ ।

अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४–८४ जनाको गुल्मले बढाइँ गर्थ्यो भने यस पटक सामाजिक दूरी कायम गरी २५–२५ जनामा सीमिति गरिएको छ । उपस्थित हुने स्थानमा पञ्जा र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);