आज वडादशैको सातौ दिनः माता कालरात्रीको पूजा अर्चना गरिदैं | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

आज वडादशैको सातौ दिनः माता कालरात्रीको पूजा अर्चना गरिदैं

काठमाडौं, ७ कार्तिक । आज वडादशैको सातौ दिन अर्थात सप्तमी तिथी, माता कालरात्रीको पूजा अर्चना गर्दै देश भरका शक्ति पिठहरुमा नवरात्री पर्व मनाइदैं छ ।

माता कालरात्रीको पूजा अर्चना ध्यान गर्नाले ब्रम्हाण्डको सिद्धिको ढोका खुल्ने विश्वास गर्ने गरिन्छ । घाटीमा चम्कने माला धारण गरेकी शरीर अत्यन्त कालो, विग्रिएको केश, तिन नेत्र भएकी, मुखबाट आगो ज्वाला निस्एिको माताको रुप अत्यन्त भयानक देखिन्छ । यीनलाई् ज्योतिषमा शनि ग्रहको सम्वन्धमा पनि जान्न सकिन्छ ।

शनीको समस्या भएका भक्तहरुले यीनको पूजा अर्चनाबाट अदभूत लाभ लिन सकिन्छ भन्ने भनाई छ । माताको पूजागर्दा रातो अथवा सेतो वस्त्र धारण गरि, रातो पुष्प चढाई, ध्यूबाट दिप प्रज्वलन गरि, सख्खरको भोग लगाएमा माता अत्यन्त प्रशन्न हुने मान्यता छ । नवरात्रमा देवीको पूजा आरधना गर्ने ,मन्त्र जप गर्ने र दुर्गासप्तसती पाठ गर्नुे उक्तम मानिन्छ । कालरात्री भगवतीको भक्ती र उपासनाबाट भक्तलाई निर्भय र निडर भई कालको भयबाट पनि मुक्त मिल्दछ ।

आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हन गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ वटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिक रूपमा मात्र आयोजना गरिने भएको छ ।

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ । तर यो वर्ष कोरोना संक्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र बढाइँ गरिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);