५८ बण्डल खुर्सानी पटकासहित अटो चालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

५८ बण्डल खुर्सानी पटकासहित अटो चालक पक्राउ

झापा, २४ असोज । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ३ पैतिस लाईन एरियाबाट अतिसबाजी (पटका) सहित अटो चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा भद्रपुर ४ का ४२ बर्षीय ढाक्रे राजबवंशी रहेका छन् ।

विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो राति ७ बजे मे १ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र लुकाई छिपाई राखिएको अवस्थामा ५८ बण्डल खुर्सानी पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको पटका र अटो सहित चालक राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);