गाँजा सहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गाँजा सहित दुई जना पक्राउ

झापा, १ फागुन । मोरङको विराटनगर–१५ स्थित हुलास मेटल एरियाबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी ईटहरी–५ का ५२ बर्षीय तेज बहादुर राई र सोही स्थानका ४१ बर्षीय पदम बहादुर राई रहेका छन ।

शुक्रबार जोगबनी तर्फ जादै गरेको को २ ह ७२४१ नम्बरको अटोलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात अटोमा चेकजाँच गर्ने क्रममा वियरको काटुन भित्र लुकाई छिपाई राखिएको अवस्थामा ४ केजी गाँजा फेला पारी बरामद गरिएको हो ।

अटो चालक पदम बहादुर राई र अटोमा सवार तेज बहादुर राई समेतलाई नियन्त्रणामा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);