अतिसबाजी (पटका) सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

अतिसबाजी (पटका) सहित २ जना पक्राउ

झापा, १९ कार्तिक । झापाको मेचीनगर नगरपालिका–१० शान्तिसमाज टोलबाट अतिसबाजी (पटका) सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–५ का २९ बर्षीय प्रशन्न जित दर्जी र ३९ बर्षीय बिश्वनाथ प्रधान रहेका छन् ।

भारतबाट नेपाल तर्फ लुकाई छिपाई मे १ ह ५५२७ नम्बरको अटोमा अतिसबाजी (पटका) ल्याउँदै गरेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ पौने ७ बजे अटोलाई नियन्त्रणमा लिएको थियो ।

अटो नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र १३ बोरा बिभिन्न किसिमका पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटका, अटो र अटो चालक प्रधानसहित दुबै जनालाई ईलाका प्रहरी कार्यालय धुलावारीमा राखी कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);