लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ

dampati pakrau

झापा, ४ फागुन । लागुऔषध ट्याब्लेट सहित झापाबाट दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बुद्धशान्ती गाउँपालिका–३ का २३ बर्षीय निपुल लिम्बु र २२ बर्षीय समिर खान रहेका छन् ।

सोमबार राती साढे ११ बजे बाटोमा हिडिरहेका दुबैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा प्रहरीले उनीहरुको साथबाट लागुऔषध नाट्रोभेट ३७ ट्याब्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अटो दुर्घटना हुँदा चालकको मृत्यु

इलामको ईलाम नगरपालिका–७ तिल्केनीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक ईलाम–९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन् । सोमबार राती साढे ८ बजे मे १ ह ३०२२ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा सुन्दास गम्भीर घाईते भएका थिए ।

घाईते भएका सुन्दासलाई उपचारका लागि बिराटनगर तर्फ लैजादै गर्दा राती ११ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);