नियम विपरित विद्यालय व्यवस्थापन समिति गठनको प्रयास स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नियम विपरित विद्यालय व्यवस्थापन समिति गठनको प्रयास स्थगित

नितेश कर्ण
पर्सा, ४ फागुन ।
पर्साको पकाहा मैनपुर गाउँपालिमा विद्यालय व्यवस्थापन समिति गठनको विषयमा विवाद भएको छ । गाउँपालिकाको वडा नं ०३ मा रहेको श्री राम चरित्र भगत माध्यमिक विद्यालयको व्यास्थापन समिति गठन शिक्षा नियमावली विपरित गर्ने लागिएको गाउँबासी तथा अभिभावकहरुले आरोप लगाएका छन् ।

संघीय शिक्षा नियमावली विपरित गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाले आफै निर्णय गरी अर्को नियम बनाएर समिति गठन गर्ने चलखेलमा लागेको अभिभावकहरुको आरोप छ । गाउँपालिका अध्यक्ष चौरसिया आफु खुसी शिक्षा नियमावली बनाई आधारभूत तहका विद्यामलामा सम्बन्धित वडा अध्यक्ष वा निजले तोकेको ब्यक्ति र माध्यामिक तहमा गाउँपालिका अध्यक्ष वा निजले तोकेको ब्यक्ति नै विद्यालय व्यस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गराएका छन् ।

सो नियमावलीको विरोधमा अहिले अदालतमा परेको मुद्दा विचारधिन अवस्थामा रहेको छ । तै पनि गाउँपालिका अध्यक्ष चौरसियाकाले एकलौटी तरिकाले विद्यालय व्यवस्थापन समिति गठन गर्न लागेपछि अभिभावकहरुले विरोध जनाएका छन् ।

उक्त नियमको विरोध गर्दै गाउँपालिकाबासी तथा अभिभावकहरुले आइतबार विद्यालयमा गई प्रधानाध्यापकालाई ध्यानाकर्षण गराएका थिए । अभिभाकहरुले संघीय शिक्षा प्रणालीको व्यवस्था अनुसार समिति गठन गर्ने माग समेत गरेका थिए । त्यसपछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने गाउँपालिका अध्यक्ष चौरसियाको प्रयास असफल भएको थियो ।

यस विषयमा विद्यालयका प्रधानाध्यापक छोटेलाल साहसंग बुझ्दा संंघीय शिक्षा नियमावली विपरित समिति गठन गर्ने काम भएको स्विकार गर्दै गाउँपालिकाले बनाएको शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन गठन गर्न लागिएको बताए ।

प्रधानाध्यापक साहले त्यसको विरोध भएपछि व्यवस्थापन समिति गठन गर्ने प्रक्रिया स्थगित गरी छलफलको माध्यमले विवादको टुंगो लगाउनु प्रयास भइरहेको बताए ।

नेपाल विद्यार्थी संघका जिल्ला सचिव राकेश कुशवाहाले अभिभावकको अधिकारको हनन नेपालको संविधान तथा सघीय शिक्षा नियमावली विपरित गाउँपालिका अध्यक्षले एकलौटी रुपले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोक्न नपाइने बताए ।

उक्त नियमको विरोधमा स्थानीय नेता हरी चौहान, सिन्धु मेहता, राम नाथ साह, नर्सुलाह अंसारी, नवल पटेल, अनिल साह लगायतका अभिभावक तथा स्थानियहरु विद्यालय पुुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);