नीलसरस्वतीको मन्दिरमा सरस्वतीको पूजाआरधनाका गर्न उत्साहजन उपस्थिती देखियो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नीलसरस्वतीको मन्दिरमा सरस्वतीको पूजाआरधनाका गर्न उत्साहजन उपस्थिती देखियो

काठमाडौं, ४ फागुन । आज देशभर विद्याकी देवी सरस्वतीको पूजाआजा गरि मनाइँदै छ । यस अवसरमा गैरीधारास्थित नीलसरस्वतीको मन्दिरमा विहानैदेखि माता सरस्वतीको दर्शन गर्न भक्तजनको उत्साहजन उपस्थिती रहेको थियो ।

आजको दिन साना साना बालबालिकाहरु लाई अक्षर आरम्भ गर्र्न शुभ दिन मानिने हुनाले अभिभावकले बालबालिकाहरु लाई मन्दिर परिसरमा लेख्न सिकारहेको दृष्य देखिन्थ्यो । कतिपय अभिभावक र विद्यार्थीहरु कलम र कपी लिएर माता सरस्वतीको दर्शनका लागि लाम बसिरहेका थिए । दर्शनका लागि बालुवाटारबाट आउनु भएका टंक अर्याल धार्मिक आस्था र विश्वाशका कारण आफू दर्शन गर्न आएको र सिक्ने क्रममा वच्चाहरुले पनि केहि सिकुन भन्नाले उनीहरुलाई पनि ल्याएको बताउनु हुन्छ ।

आज दिन विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्ने गर्दछन् । यसैगरि यस दिन सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्न नपर्ने मान्यता रहेको छ । त्यस्तै आजको दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिनु शुभ मानिन्छ ।

गोरो वर्ण भएकी , हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई शारदा, सावित्री, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, र भुवनेश्वरीजस्ता नामले पुकार्ने गरिन्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ । यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । आज काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र ललितपुरको लेलेलगायत सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, उपस्थिती रहन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);