सरस्वतीको पूजा आराधना गरी देशभर श्रीपञ्चमी पर्व मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सरस्वतीको पूजा आराधना गरी देशभर श्रीपञ्चमी पर्व मनाईंदै

काठमाडौं, ८ माघ । आज माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमी । प्रत्येक वर्ष झैं आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर श्रीपञ्चमी मनाइँदैछ ।श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वास रहेको छ ।

त्यहि विश्वासका कारण आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । काठमाडौ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको हो ।

भीडमा विद्यार्थीको संख्या उल्लेख्य छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइने धार्मिक विश्वास छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

बालबालिकालाई नाक र कान छेडिदिन पनि श्रीपञ्चमीलाई उत्तम अवसर मानिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गरिएको छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गरेका छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);