आज श्रीपञ्चमी : सरस्वती पुजा-वसन्त श्रवण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

आज श्रीपञ्चमी : सरस्वती पुजा-वसन्त श्रवण

sarswoti puja

काठमाडौं, १६ माघ ।  प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पनि आजै परेको छ । आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्ने र बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);