वसन्त पंचमीको अवसरमा राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

वसन्त पंचमीको अवसरमा राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

rastrapati bhandari-basanta shrawan

काठमाडौं, २७ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यसदिन लाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्रपति बिद्यादेवी भण्डारीले वसन्तपुर गई वसन्त श्रवण गरेकी छन् ।

माघ शुक्ल पञ्चमीका दिन आइतवार विद्याकी देवी सरस्वतीको पुजा आराधना गरेर श्रीपञ्चमी मनाईएको छ । घर घरमा सरस्वतीको प्रतीकको रुपमा कितावको पुजा गरेर पुजा गरिएको छ । साना वालवालिकाकाले कितावको पुजा गर्ने गर्दछन भने सरस्वती मन्दिरमा पुगेर पुजा अर्चना पनि गरेका छन ।

वसन्त पंचमीकै अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले राजधानीको हनुमानढोका दरबारस्थित नासलचोकमा सरस्वतीको जलघडा अभिषेक ग्रहण गर्दै वसन्त श्रवण गरेकी थिइन् ।

श्रीपञ्चमीका दिनलाई नवगृह प्रवेश, विवाह लगायतका धार्मिक कार्य गर्न साइत हेर्न नपर्ने शुभदिनको रूपमा लिइन्छ । यसै दिन अक्षराम्भ गराउन अभिभावकहरुले बालबालिकालाइ सरस्वती मन्दिरमा लैजाने प्रचलन पनि छ ।

सरस्वती पुजाका अवसरमा विद्यालयहरुमा समेत विशेष कार्यक्रम आयोजना गर्ने गरिन्छ । सङ्गीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा बिद्यार्थीलाई बिद्याआर्जन हुन्छ भन्ने धार्मिक विश्वास छ ।

सरस्वतीलाई महाविद्या, महावाणी, भारती, शारदा, आर्या, ब्राह्मी, नामले समेत पुकार्ने गरिन्छ । बसन्त पञ्चमीका दिन उपत्यकाका पशुपति, जयवागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, चाँगु, फर्पिङ, बल्खु, हाँडीगाउँ, लगायतका सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको भीड लाग्ने गर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);