श्रीपञ्चमी अर्थात् सरस्वती पूजा, विद्याकी देवीको आराधना गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

श्रीपञ्चमी अर्थात् सरस्वती पूजा, विद्याकी देवीको आराधना गरी मनाइयो

काठमाडौं । श्रीपञ्चमी अर्थात् सरस्वती पूजा, विद्याकी देवीको आराधना गरी मनाइएको छ ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै रहिआएको हो ।

सोही परम्पराअनुसार नासलचोक पुग्नुभएकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गर्नुभयो । राष्ट्रपति भण्डारीले पनि वसन्त श्रवणको अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नुभयो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको उपस्थिति रहेको थियो । वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने कथन छ ।

वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु शुरुवात भएको मानिन्छ भने यस दिनबाट नै संसारको स्वरुपले नै नयाँ रुप लिने विश्वास रही आएको छ । वसन्त ऋतु शुरु भएसँगै यो पर्व आउने भएकाले वसन्त पञ्चमीको नामले समेत यस दिनलाई पुकार्ने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);