प्रतिबन्धित लागूऔषध सहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

प्रतिबन्धित लागूऔषध सहित दुई जना पक्राउ

झापा, ४ कार्तिक । लागूऔषध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले मोरङको विराटनगरबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई विराटनगर महानगरपालिका –१६ स्थित दरैया एरियाबाट प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर–१५ रानीका ३१ बर्षीय शम्भु साह र ३० बर्षीय बिकी राई रहेका छन । विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ६२ बोतल डाईलेक्स डिसी, १८७ ट्याब्लेट नाईट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागूऔषध सहित मंगलवार अर्थात आज बिहान सवा ४ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले कानुनी कारबाही अगाडी बढाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);