राष्ट्रियताको प्रश्नमा कांग्रेस सरकारको साथमा छ : देउवा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राष्ट्रियताको प्रश्नमा कांग्रेस सरकारको साथमा छ : देउवा

deuba-patrakar

काठमाडौं, २८ वैशाख । संसदको प्रमुख प्रतिपक्षी कांग्रेसले नेपाली भूमि अतिक्रमण गरी भारतले तीब्बतको मानसरोवर जोड्न सडक बनाएको विषयमा सरकारले वक्तव्यमात्रै निकालेको र कुनै कुटनीतिक पहलकदमी नलिएको भन्दै आलोचना गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति जारी गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भूभाग नेपालका भएको र सरकार वा प्रतिपक्ष जहाँ रहँदा पनि कांग्रेसले यी भू–भागबारे सदैब प्रष्ट धारणा राख्दै आएको उल्लेख गर्नुभएको छ ।

देउवाले बिज्ञप्तिमा सन् २०१५ को मेमा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङमा सहमति गरेपछि तत्कालीन कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले दुवै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’पठाएर गम्भीर असहमति प्रकट गरेको स्मरण गराउनुभएको छ ।

देउवाले सबज्ञप्तिमा वर्तमान सरकारले उच्च स्तरीय कुटनैतिक पहल प्रारम्भ नगरेर गम्भीर बिषयमा बक्तव्यमात्रै जारी गरेको उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सरकारलाई कुटनीतिक र राजनीतिक रुपमा उच्च पहलकदमी गर्न सार्वजनिक अपिल समेत गर्नुभएको छ । उहाँले राष्ट्रियताको प्रश्नमा नेपाली कांग्रेस सरकारको साथमा रहेको समेत बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

congress bharat

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);