भारतसंग वार्ता गर्न सरकार किन अनिच्छुक ? : डा. प्रकाशशरण महत (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतसंग वार्ता गर्न सरकार किन अनिच्छुक ? : डा. प्रकाशशरण महत (भिडियो)

ramsaran mahat

वैशाख, २९ काठमाडौं । फेरि राष्ट्रीयताको नाममा राजनीति एकाएक तातिएको छ । यस अघि सत्तारुढदल नेकपा भित्रको विवादले नेपालको राजनीति तातिरहेको बेलामा सीमा विवादले फेरि तातेको हो । कालापानी क्षेत्रमा भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा सरकार लाचार भएको आरोप लागेको छ । लिपुलेकबाट मानसरोवर जाने पक्की सडक भारतले खुलेआम बनाउँदा पनि सरकारले तथ्य लुकाकाएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

आफ्नो भूमि मिचिएको सम्बन्धमा सरकार गम्भीर नहुँदा भारतले एकतर्फी गरेको नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले बताउनु भयो । मिचिएको भूमि नेपालकै भएको भन्दै कुटनीतिक पहल नगर्नु सरकारको कमजोरी भएको उहाँले बताउनु भयो । भारतले नेपालको जमिन अतिक्रमण गरेको नै हो ? के नरेन्द्र मोदीसंग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीले सुटुक्क निमार्णको लागि दिएको हो त ? भारतले नेपाली भूमि मिचेको र सरकार कहाँ कहाँ चुक्यो भन्ने सन्दर्भमा नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग गरिएको अन्तर्वार्ता :

भारतले नेपालको जमिन अतिक्रमण गरेको नै हो ?

यो नयाँ विषय होइन । यो पञ्चायत कालदेखि नै अतिक्रमण भएको छ । सुदुरपश्चिम कालापानी, लिपुलेक लगाएतको क्षेत्र अब यो देशमा दुर्भाग्य के छ भने सबैभन्दा बढी जस्ले राष्टवादको ठूलो चर्को कुरा गर्छन् उनीहरुले नै राष्ट्रियताको सन्दर्भमा बेलाबेलामा सम्झौता गरिरहेको अवस्था छ ।

के नरेन्द्र मोदीसंग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीले सुटुक्क निमार्णको लागि दिएको हो त ?

के मिल्नु भयो, मिल्नु भएन हामी चाहिँ प्रमाणको आधारमा कुरा गछौ । हावामा यत्तिकै अनधकारमा बोल्ने कुरा भएन । उहाँ के भन्नु भयो, के भन्नु भएन त्यो हामीलाई प्रमाणित रुपमा थाहा छैन । थाहा नभएको कुरा यसो गर्नु भयो होला भन्न मिलेन । तर कुरो के हो भने उहाँको अनिर्णयतामा चाहिँ कुनै पनि पहल नहुँदा खेरि उहाँहरुले यस विषयलाई महत्व दिनु भएको छैन, प्राथमिकतामा राख्नु भएको छैन ।

पूरै अन्तर्वार्ता तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);