भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन परराष्ट्रमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन परराष्ट्रमन्त्रीको आग्रह

pradeep gyawali

काठमाडौं, २५ कात्तिक । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नु भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा र नागरिकको सुरक्षा गर्ने प्रमुख दायित्व पूरा गर्न सरकार सधैं तत्पर रहेको पनि स्पष्ट पार्नु भयो ।

सोमबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले नेपाली भूमि कसैलाई पनि मिच्न नदिने गरी समस्या समाधान गर्न सरकार लागि परेको पनि बताउनु भयो ।

मन्त्री ज्ञवालीले भारतले हालै आफ्नो राजनीतिक नक्सामा समावेश गरेको कालापानी लगायतका नेपाली भूमि नेपालको हो भन्ने प्रमाण सरकारसँग रहेकाले सो भूमि गुमाउनु पर्छ कि भनेर चिन्ता लिईरहन नपर्ने पनि पटकपटक दोहो¥याउनु भयो ।

बैठकमा बोल्दै नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतसँगको सीमा समस्या समाधानका लागि तथ्य र प्रमाणसहित प्रस्तुत हुन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

समितिका सदस्य समेत रहनु भएका उहाँले दुई मुलुकबीचको सीमा समस्या समाधानको कामलाई अघि बढाउँदा सरकारले डुवान समस्या समाधानमा पनि ख्याल गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले नेपाली भूमि भारतबाट फिर्ता गराउन राजनीतिक तहमा संवेदनशील भएर वार्तामा बस्न पनि सरकारलाई सचेत गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);