भारतले भूमि मिचेको पूर्वजानकारी थियो : परराष्ट्रमन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

भारतले भूमि मिचेको पूर्वजानकारी थियो : परराष्ट्रमन्त्री ज्ञवाली

pradip gyawali

काठमाडौं, २८ वैशाख । आइतबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मानसरोवरसम्म पुग्ने बाटो निर्माणको क्रममा भारतले नेपालको १९ किलोमिटर भूमि मिचेको जानकारी दिएका छन् । नेपाली भूमि मिचेर सडक निर्माणको प्रारम्भिक जानकारी प्राप्त हुनासाथ त्यसबारे विस्तृत विवरण दिल्ली दूतावासमार्फत् मगाइएको उहाँले बताउनु भयो ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले भारतले पछिल्लोपटक १९ किलोमिटर भूभाग मिचेको जानकारी दिएका हुन् । नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको पूर्वजानकारी आफूहरुलाई पहिल्यैदेखि थाहा भएको थियो । त्यसो नगर्न नेपालले आग्रह गरे पनि भारतले त्यसलाई ध्यान नदिएको मन्त्री ज्ञवालीको भनाइ छ ।

सरकारले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै कुटनीतिक पहलबाट भारतसंगको सिमा समस्याको समाधान निकाल्ने प्रतिवद्धता जनाएको छ ।

बैठकमा समसामयिक विषयमा सदनलाई जानकारी गराउदै ज्ञवालीले नेपालको सार्वभौमसत्ता, राष्ट्रियता, स्वभिमान, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षाका निम्ति दृढता पुर्वक अघि बढ्ने बताउनुभएको हो । उहाँले नेपालको पश्चिमी सिमाना महाकाली, लिपुलेक र कालापानी सम्मको भूभाग नेपालको हो भनेर कुटनीतिक पहलहरु भईरहेको पनि जानकारी गराउनुभयो ।

उहाँले भारतले लिपुलेकमा बाटो निर्माण गरेको सम्बन्धमा सरकार जानकार रहेको र समस्या समाधानका लागि पटक पटक प्रयास गरिएको, वार्ताका लागि मिति प्रस्ताव गरेको, राजनीतिक तथा प्रशासनिक विभिन्न तहमा कुराकानी हुदै आएको पनि स्पष्ट पार्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाली भूमि मिचेर बनाईएको बाटोका सम्बन्धमा शनिबार नै नेपाल सरकारले धारणा सार्वजनिक गरेको र भारतीय विदेश मन्त्रालयका प्रवक्ताबाट कोरोनाको समस्या सकिएपछि वार्तामा बस्न तयार रहेको बताएको पनि सदनलाई जानकारी गराउनुभयो । गत शुक्रवार भारतले नेपाली भूमि मिचेर दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडकको उद्घाटन गरेको थियो । यसअघि भारतले सन २०१९ मा पनि नेपाली भूभाग मिचेर आफनो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);