देशको सार्वभौमसत्ता भन्दा ठूलो कुरा के हो ? भीम रावलको आक्रोश (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देशको सार्वभौमसत्ता भन्दा ठूलो कुरा के हो ? भीम रावलको आक्रोश (भिडियोसहित)

charkacharki

काठमाडौं, २८ वैशाख । भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ ।

आइतवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा समितिले कुनै निर्णय नगरेपछि विवाद भएको हो । सांसदहरुले निर्णय नगरी बैठक स्थगित गरिएको र आगामी बैठकका विषयमा समेत स्पष्ट जानकारी नभएको भन्दै प्रश्न गरेका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले बैठकमा उठेका विषयमा जवाफ दिएपनि कुनै निर्णय/निर्देशन नगरी आगामी बैठक अनिश्चित भएपछि सांसदहरुले बैठकको मिति तोक्नु पर्ने भन्दै अडान लिएका थिए । सांसद भीम रावलले देशको स्वाधिनतामाथि हस्तक्षेप भएपनि समितिले बैठकको मिति तय गर्न नसक्नु दुःखद भएको बताउनुभयो ।

बैठकका समितिकी सभापति पवित्रा निरौला खरेलले अर्काे बैठकको मिति तोक्न नसक्ने बताएपछि चर्काचर्की भएको थियो । बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक निर्माणका लागि १९ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको जानकारी गराउनुभएको थियो ।

अन्तिममा समितिकी सभापति निरौलाले परराष्ट्रमन्त्रीले अन्य बैठकमा पनि समय दिएका कारण समय तत्काल तोक्न नसकिएको भन्दै जुनसुकै अवस्थामा पनि सोमवार बिहान बैठक बस्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);