सीमा मिचिनु सामान्य विषय होइन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सीमा मिचिनु सामान्य विषय होइन : प्रचण्ड

puspa kamal daghal

काठमाडौं, २८ वैशाख । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठिक हुनुपर्ने बताउनु भएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अध्यक्ष दाहालले सरकारले दिने वक्तव्य नीतिगत, सैद्धान्तिक र भावनात्मक रुपमा ठिक भएको तर एक्सन पनि ठिक तरिकाले हुनुपर्ने उल्लेख गर्नुभयो । समितिका सदस्यहरुले सरकारले भारतलाई चिठीमात्रै पठाउने तर एक्सन गर्न नसक्ने स्थिति रहेको बताएपछि अध्यक्ष दाहालले उक्त कुरामा आफु सहमत भएको बताउनुभयो ।

उहाँले लिपुलेक लगायत सीमा विवाद भएका अन्य स्थानका विषयमा भारत र चीन दुवै देशसँग छलफल गरिएको समेत बताउनुभयो ।दाहालले भारत र चीनले लिपुलेकको विषयमा गरेका सम्झौता पछि सो समस्या भारतसँगको मात्रै नभई त्रिदेशिय समस्या भएको बताउनुभयो ।

उहाँले उक्त विषयलाई अहिलेनै अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा भने एकपटक सोच्नुपर्ने उल्लेख गर्नुभयो । दाहालले भारतले नेपालको सीमा मिचेको विषय सामान्य नभएको र भारतले पटक पटक नक्सा प्रकाशित गर्दा लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्सामा पारेको विषयलाई समेत हिसाब गर्नुपर्ने बताउनुभयो । उहाँले गत वर्ष नै सरकारले सर्वदलिय र सर्वपक्षिय बैठक आह्वान गरी राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्ने काम गरेको र त्यसबाट सरकार र प्रधानमन्त्रीलाई निकै ठूलो तागत दिएको भएपनि ठोस रुपमा काम अगाडि बढ्न नसकेको बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);