झाँक्रीलाई पक्राउ गर्नबाट हामीले रोक्न खोज्यौ, तर प्रहरीले मानेन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

झाँक्रीलाई पक्राउ गर्नबाट हामीले रोक्न खोज्यौ, तर प्रहरीले मानेन : प्रचण्ड

काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड –माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउनुभएको छ ।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित आदिवासी जनजाति मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दे अध्यक्ष दाहालले प्रधानमन्त्रीले नेतृ झाँक्रीलाई पक्रन आदेश दिएको दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई पक्रनै पर्यो । जसरी भएपनि पक्राउ गर भन्या छ भन्ने थियो । हामीले रोक्न बल गर्यौ हिजो बेलुकादेखि बिहान सम्म पनि । पछि खबर आयो उनीहरुले जबरजस्ती कमरेड रामकुमारीलाई पक्राउ गरेर लिएर गएका छन् । ”

झाँक्रीलाई पक्राउ गरेको घटनाले सरकारले उत्पीडित वर्ग जातीका प्रतिनिधिमाथि नै निसाना बनाएको भन्दै अध्यक्ष दाहालले त्यस विरुद्ध एकजुट हुन पनि आव्हान गर्नुभयो ।

उत्पीडित जातीको प्रतिनिधित्वका लागि आफूले प्राप्त गर्न सके जति उपलब्धि प्राप्त गरेको भन्दै उहाँले थप उपलब्धिका लागि प्रयासरत रहनुपर्ने बताउनुभयो । कुनै एउटा वर्गको विचारले सम्पुर्णरुपमा जितेर आएको संविधान नभएकाले केही राम्रा र केही नराम्रा पक्ष पनि रहेको भन्दै उहाँले जीत्ने र हार्नेका बीचको सम्झौताको रुपमा बुझिदिन पनि उहाँले आग्रह गर्नुभयो ।

उहाँले विगतमा भन्दा तुलनात्मक रुपमा स्थानीय तह देखि केन्द्रसम्मको प्रतिनिधित्व कायम गर्न सक्नु पनि उपलब्धि नै भएको भन्दै त्यस प्रकारको उपलब्धि जोगाई राख्नका लागि सरकारको प्रतिगमन विरुद्ध एकजुट हुन पनि सबैलाई अपील गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);