झाँक्रीको पक्राउविरुद्ध सर्वोच्चमा रिट, आइतबार पेशी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

झाँक्रीको पक्राउविरुद्ध सर्वोच्चमा रिट, आइतबार पेशी

काठमाडौं, २९ माघ । बिहीबार पक्राउ परेकी नेतृ रामकुमारी झाँक्रीलाई अदालतमा उपस्थित गराउन माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको छ ।

प्रहरीले उनलाई राज्यविरुद्ध कसुर गरेको आरोपमा पक्राउ गरेलगत्तै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

अधिवक्ता गुणराज आचार्यले अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत प्रहरीले पक्राउ गरेको हुनाले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्दै रिट दायर गर्नुभएको हो। रिटको सुनुवाइ गर्न सर्वोच्चले आइतबारलाई पेसी तोकेको छ ।

रिटमा गृहमन्त्रालय सिंहदरबार र प्रहरीको अपराध अनुसन्धान महाशाखा प्रहरी परिसर टेकु र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले झाँक्रीलाई बिहीबार पक्राउ गरेको थियो । उनीमाथि राज्यविरुद्धको कसुर गरेको आरोपसहित पक्राउ गरिएको हो ।

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);