प्रहरी महानिरीक्षक अर्याल विरुद्ध सर्वोच्चमा रिट दायर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रहरी महानिरीक्षक अर्याल विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, ७ कात्तिक । प्रहरी महानिरीक्षक प्रकाश अर्याल विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्वोच्च अदालतबाट जन्मकैदको सजायँ सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न अदालतले दिएको आदेश कार्यान्वयन नगरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

अधिवक्ता त्रिपाठीले अर्याल विरुद्ध हदैसम्मको कारबाही माग गर्दै रिट दायर गरेका छन् ।न्याय प्रशासन ऐन २०७३ अनुसार अर्याल दोषी ठहर भएमा उनलाई एक वर्षसम्म कैद वा १० हजार जरिवाना हुने छ । रिटको सुनुवाई भोलिका लागि तोकिएको छ ।

२०५५ सालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा ढुंगेललाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);