डीआईजी नवराज सिलवालको रिट निवेदन सर्वोच्चद्वारा खारेज | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

डीआईजी नवराज सिलवालको रिट निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं, २७ भदौ । सर्वोच्च अदालतको वृहत इजलाशले डीआईजी नवराज सिलवालको रिट निवेदन मंगलबार खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीसहित सात जना न्यायधीश संलग्न वृहत इजलाशले सिलवालको रिट खारेज गरेको हो ।

सिलवालको रिट निवेदन खारेज भएसँगै सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउन गरेकाे निर्णय सदर भएको छ। वरीयतामा क्रममा प्रकाश अर्याल भन्दा आफू पहिलो नम्बरमा रहेको भन्दै डीआईजी नवराज सिलवालले आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चका प्रधानन्यायाधीश पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह रावत र पुरुषोत्तम भण्डारीको  पूर्ण इजलासले सिलवालको रिट खारेज गरिदिएको हाे ।

सर्वोच्चले आज गरेको फैसलामा अर्यालको कार्यसम्पादन मूल्याङ्कन नम्बर ५४.२ रहेको उल्लेख छ भने सिलवालको ५२.४ मात्र छ। 

 

ताजा समाचार