२४ घण्टा भित्र स्पष्टिकरण दिन उपसभामुखलाई आयोगको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

२७ भदौ, काठमाडौं ।निर्वाचन आयोगले उपसभामुख गंगाप्रसाद यादवलाई २४ घण्टा भित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

उपसभामुख यादवले निर्वाचन आचारसंहिताविरुद्धको तगिविधि गरेको भन्दै आयोगले २४ घण्टा भित्र स्पस्टिकरण दिन निर्देशन दिएको हो । तेस्रो चरण अन्तरगत दुई नम्बर प्रदेशमा हुन लागेको स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा उपसभामुख यादवले आचरसंहिता विपरित भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गरेको आयोगको भनाइ छ ।

त्यस्तै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई आचारसंहिता विपरित नेपाली कांग्रेसले ललितपुरमा आयोजना गरेको राजनीतिक कार्यक्रममा सहभागिता जनाएको विषयमा २४ घण्टा भित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);