कर्मचारी सरुवाको सक्कल फाइल २४ घण्टाभित्र पेश गर्न आयोगको अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

काठमाण्डौँ, ७ मंसिर । निर्वाचन आचारसंहिता विपरीत कर्मचारी सरुवा गरेको सक्कल फाइल २४ घण्टाभित्र पेश गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले निर्वाचनको मुखैमा केही दिन अगाडि तीनजना प्रमुख जिल्ला अधिकारी सहित ६ जना कर्मचारीको सरुवा गरेको थियो ।
निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने व्यहोरा जानकारी हुँदा हुँदै पनि कर्मचारी सरुवा गरिएकाले सरुवाको सक्कल फाइल २४ घण्टा भित्र उपलब्ध गराउन आग्रह गरेको हो ।

गृह मन्त्रालयले छ जना कर्मचारीहरुको काज सरुवा गरी आयोगको सहमतिका लागि पत्र लेखी पठाएको थियो । तर निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले उक्त पत्रमा सहमति प्रदान गर्न नसकिने बताएका छन् ।

 

ताजा समाचार