थप कर्मचारी सरुवा गर्दै मन्त्रालय, ३ हजार कर्मचारी स्थानीय तहमा खटाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, २९ भदौ । सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आयोगको निर्देशन अनुसार स्थगित गरेको कर्मचारीहरुको सरुवा फुकुवा गरेको छ। मन्त्रालयले भदौ १२ र १४ गते विभिन्न मन्त्रालयका २ सय ९९ कर्मचारीलाई स्थानीय विकास मन्त्रायमा सरुवा गरेको थियो।

निर्वाचन सम्पन्न पछि पनि स्थानीय तहमा कर्मचारी अभाव भएको भन्दै सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई स्थानीय विकास मन्त्रालयमा सरुवा गरेको थियो । त्यस्तो सरुवा निर्वाचन आचार संहिता विपरित भन्दै उजूरी परेपछि निर्वाचन आयोगले सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

आयोगको निर्देशनलाई आधार देखाउँदै सामान्य प्रशासन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले सरुवा स्थगित गरेका थिए । बुधबार मन्त्रालयले सबै सरुवा सदर भएको जनाएको हो । निर्वाचन आयोगले नै उक्त सरुवालाई स्वीकृत दिएकाले रोक्किएका सरुवालाई फुकुवा गरेको मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयले सरुवा वा काजमा खटाइएका सबै कर्मचारीहरुलाई तत्काल रमाना दिइ पठाउन पनि सम्वन्धित कार्यालयलाई निर्देशन दिएको छ।

थप ८० कर्मचारी पनि सरुवा
सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले बुधबार थप ८० जना अधिकृत तहमा कर्मचारीलाई स्थानीय विकास मन्त्रालय अन्तरगत सरुवा गरेको जनाएका छन्। कार्यबोझ कम भएका केन्द्रीय कार्यालयमा बसेका कर्मचारीहरु र लामो समय एउटै कार्यालय वा राजधानीमा बसेका कर्मचारीहरुलाई मन्त्रालयले सरुवा गरेको हो।

सामान्य प्रशासन मन्त्रालयले आगामी भदौ ३० गतेभित्र स्थानीय तहलाई आवश्यक संख्यामा कर्मचारी पठाउने प्रतिवद्धता जनाएको छ। मन्त्रालय स्रोतका अनुसार भदौ ३० गतेभित्र थप करिब ३ हजार कर्मचारीलाई स्थानीय तहमा खटाउने गरि तयारी गरेको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);