कांग्रेस र वाम गठबन्धनको चुनावीसभाका कारण नुवाकोटमा निषेधित क्षेत्र घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नुवाकोट, ७ मंसिर । नुवाकोटको लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले निषेधित क्षेत्र घोषणा गरेको छ । नेपाली कांग्रेस र वाम गठबन्धले एकै ठाउँमा चुनावी सभाको आयोजना गरेपछि सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निषेधित क्षेत्र घोषणा गरेको हो ।

नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० बमोजिम ढिकुरे बजारदेखि पूर्वमा चौघडा, पश्चिममा बराहफेदीडाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघुडा क्षेत्र चारकिल्लाभित्र कुनै पनि सभा र जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको सूचनामार्फत जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत नन्दलाल शर्माले दिएको जानकारी अनुसार आज बिहान ६ बजेदेखि शुरु भएको निषेधित क्षेत्र साँझ ६ बजेसम्म कायम रहने छ ।

चुनावी प्रचारको अन्तिम दिन आज ढिकुरेको मुख्य बजारमा नेपाली काँग्रेस र त्यसको केही मिटर दूरीमा नेकपा ९एमाले० र माओवादी केन्द्रले संयुक्तरुपमा शक्ति प्रदर्शकसहित चुनावीसभा आयोजना गर्ने तय गरेका छन् ।

दुवै गठबन्धनबाट केन्द्रीयस्तरका नेताले सम्बोधन गर्ने चुनावीसभा एकै स्थानमा सञ्चालन हुँदा हिंसा र झडप सिर्जना हुनसक्ने भन्दै सहमतिका लागि प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसहितको सुरक्षा निकायका प्रमुखको टोलीले आयोजकसँग गरेको प्रयास असफल भएको थियो ।

प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि अब दुवै पार्टीले शक्ति प्रदर्शनसहितको चुनावीसभा अन्य स्थानमा सार्नुपर्ने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);