काठमाडौँमा जथाभावी आन्दोलन गर्न नपाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँमा जथाभावी आन्दोलन गर्न नपाइने

विभिन्न सात ठाउँबाहेक अन्य स्थानमा आन्दोलन गर्न रोक, माइतिघर मण्डला पनि आन्दोलन निषेधित क्षेत्र

काठमाडौं, २ बैशाख । सरकारले काठमाडौँका सात ठाउँबाहेक अन्य कुनै पनि क्षेत्रमा विरोध प्रदर्शन गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न ७ स्थानबाहेकका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै जुलुश, धर्ना, प्रदर्शन, घेराऊ जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न रोक लगाएको हो ।

कार्यालयले आइतबार एक सूचना निकालेर खुलामञ्च, तीनकुने चौर, कोटेश्वर, भुईँखेल चौर भगवान पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फूटबल मैदान, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुलास्थान र सिफल चौर गौशालामामात्रै आन्दोलनका कार्यक्रम संचालन गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।

यो नियम यही बैशाख १६ गतेबाट कडाइका साथ लागू हुने कार्यालयले जनाएको छ । गत फागुन ६ गते जिल्ला सुरक्षा समितिको बैठकले राष्ट्रपति कार्यालय शीतल निवासको क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

त्यसैगरी संसद भवन नयाँ बानेश्वर क्षेत्र, सिंहदरबारको निषेधित क्षेत्र, सिंहदरबारको मूल गेटदेखि दक्षिणतर्फ माइतिघर मण्डलासम्म र बबरमहलस्थित जिल्ला अदालत प्रवेशमार्गदेखि सिडिओ कार्यालय हुँदै हनुमानमन्दिरसम्म क्षेत्र पनि निषेधित क्षेत्र भएकाले कुनै पनि आन्दोलन गर्न पाइनेछैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);