एमाले-माअाेवादी पार्टी एकता वैशाख ९ गते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमाले-माअाेवादी पार्टी एकता वैशाख ९ गते

bam ghathabandan

काठमाडौं, २ वैशाख । नेकपा एमाले र माओवादी केन्द्रका प्रभावशाली नेताहरुले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने दाबी गरेका छन् ।

एमाले सचिव प्रदिप ज्ञवाली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आगामी बैशाख ९ गते नै पार्टी एकता गर्ने तयारी भएको बताएका छन् । झापामा आइतबार ‘अबको समाजवाद’ विचार गोष्ठीमा सहभागी ज्ञवाली र श्रेष्ठले पार्टी एकता बैशाख ९ गते नै हुने स्पष्ट पारेका हुन् ।

परराष्ट्रमन्त्री समेत रहेका एमाले सचिव ज्ञवालीले कसैको जोडघटाउका कारण पार्टी एकता प्रभावित नहुने बताए । पार्टी एकता संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका नेता श्रेष्ठले पार्टी एकता कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन वैशाख ९ मा नै गर्ने सहमति भएको बताए । नेता श्रेष्ठले अब बस्ने पार्टी एकता संयोजन समितिले विवादित विषय टुंगो लगाउने दाबी गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);