एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै

oli prachanda

काठमाडौं, ४ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको अढाइ घण्टा लामो वार्तापछि एकता संयोजन समितिको बैठक बोलाइएको हो ।

बैठक विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । समितिको बैठक दुई सातायता बस्न सकेको छैन । समितिले यसअघि बैशाख ९ गते पार्टी एकता गर्ने निर्णय गरेपनि एकीकृत पार्टीमा कुन पार्टीले कति हिस्सा पाउने, चुनाव चिन्ह के राख्ने र विधानको विषय टुंगो लागेको छैन ।

नेकपा एमालेको स्थायी समितिको बैठकले विवादित विषय टुंगो लगाएर वैशाख ९ गते नै एकता गर्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सांगठनिक र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको अवस्थामा अब आवश्यक तयारी गरेर वैशाख ९ गते पार्टी एकता गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);