एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बस्दै

oli-prachanda

काठमाडौं, २० चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह चार बजे बैठक बस्न लागेको हो । बैठकमा एमाले–माओवादीबीच एकताको संख्या अनुपात, जनयुद्ध शब्द र चुनाव चिह्नका विषयमा छलफल हुने छ । एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो तर्फबाट प्रतिवेदन तयार पारिसकेको छ ।

प्रतिवेदनलाई अन्तिम रुप दिने र सहमति हुन बाँकी विषय टुंगो लगाउन संयोजन समितिको बैठक डाकिएको हो । एकता संयोजन समितिले निर्णय गरेपछि आगामी वैशाख ९ गतेभित्र एकता घोषणा गर्ने तयारी भएको छ । पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद राख्नेलगायत सातबुँदे प्रारम्भिक आधारमा दुई दलले गत यस अघिनै सहमति गरिसकेका छन् ।

एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् । त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);