प्रधानमन्त्री ओलीको भारत भ्रमणको कार्यतालिका स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीको भारत भ्रमणको कार्यतालिका स्वीकृत

pm kp oli

काठमाडौं, २० चैत । मन्त्रिपरिषद बैठककले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २३ गतेबाट २५ गतेसम्म हुने भारत भ्रमणको कार्यतालिका स्वीकृत गरेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको तीन दिने भ्रमण तालिका स्वीकृत गरेको हो ।

प्रधानमन्त्रीको भ्रमण दलमा रहने सदस्यहरुको संख्या भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तय गर्ने जनाइएको छ । बैठकले राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक र वेपत्ता पारिएका व्यक्तिको छानवीन सम्बन्धि प्रतिस्थापन विधेयक संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।

बैठकले भुक्तानी तथा फस्र्याैट विधेयकको सैद्धान्तिक अवधारणा स्विकृत गरेको छ । भुक्तानीका लागि आवश्यक ऐन निर्माणका लागि अर्थ मन्त्रालयले तयार पारेको सो सैद्धान्तिक अवधारणा स्विकृत गरिएको हो । सरकारले विधेयक तयारी सहजीकरण समितिको सदस्यमा पूर्व कानुन सचिव कमलशाली घिमिरेलाई नियुक्त गरेको छ ।

त्यसैगरी न्यूजिल्याण्ड वाटर म्यानेजमेन्ट परियोजनाका लागि एशीयाली विकास बैंकले उपलब्ध गराउने १ अर्ब अनुदान सहायता लिने प्रस्ताव अनुमोदन गरिएको छ । सरकारले विभिन्न परीक्षाहरुसमेत चालू रहेकाले असार मसान्तसम्म जिल्ला शिक्षा कार्यालय भने यथावत रुपमै सञ्चालन गर्ने अन्तरिम व्यवस्था गरेको छ । सरकारले नेपाल विकास समिति गठन आदेश पनि स्विकृत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);