जलविधुत आयोजनाबारे निर्णय गर्दा उत्पादित विधुतको खपतबारे दृष्टिगत गर्न प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जलविधुत आयोजनाबारे निर्णय गर्दा उत्पादित विधुतको खपतबारे दृष्टिगत गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवंम लगानी बोर्डका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले जलविधुत आयोजनाबारे निर्णय गर्दा उत्पादित विधुतको खपत एवंम निर्यातको सम्भावनालाई दृष्टिगत गर्दे काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको मंगलबार सम्पन्न बोर्डको ४७ औँ बैठकले विभिन्न आयोजनाका गरी करिब ९७ अर्ब रुपैयाँ बराबरको स्वीकृत गरेको हो । उक्त बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले विगतमा जे जति त्रुटी भएपनि त्यस्लाई आत्मासाथ गर्दे अबका दिनहरुमा त्यस्तो नदो¥याई काम सम्पन्न गर्न निर्देशन दिए ।

बैठकले अनुमानित लागत ५४ करोड अमेरिकी डलर रहेको माथिल्लो तमोर जलविद्युत परियोजना (२८५ मेगावाट) र अनुमानितलागत रु ३३ अर्ब ४१ करोड ४० लाख रहेको तल्लो मनाङ्ग मर्स्याङ्गदी जलविद्युत परियोजना (१३९.२ मेगावाट) गरी दुई वटाजलविद्युत परियोजनाको कुल रु करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ ।

यसैगरी सार्वजनिक–निजी साझेदारी अवधारणामाझापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो औद्योगिकपार्कको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकास कर्तासँग परियोजना विकास सम्झौताको लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

बैठकले संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति–पत्र जारी गर्न परियोजना विकासकर्ता एस जेभी एन लिमेट इन्डियासँग गरिने समझदारी पत्रको मस्यौदा पनि स्वीकृत गरेको छ ।

त्यसैगरी, बैठकमातमोर जलाशय यूक्त जलविद्युत परियोजना ७५६ मेगावाटको सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएकाअस्पष्टताहरुलाई सम्बोधन गरी आवश्यककानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);