सर्वोच्चको आदेश अप्रत्याशित : एमाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सर्वोच्चको आदेश अप्रत्याशित : एमाले

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतको निर्णय अप्रत्याशित भएको बताएका छन् ।

सर्वोच्च अदालतले दोश्रो पटकका लागि प्रतिनिधि सभा विघटन पछि विस्तार भएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेपछि पूर्वमन्त्री समेत रहेका प्रवक्ता ज्ञवाललीले निर्णय अप्रत्याशित भएको बताएका हुन् ।

प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार प्रसाद ढुंगानाको संयुक्त इजलासले मंगलबार यस्तो अन्तरिम आदेश दिएको हो । यो निर्णयसँगै जेठ २१ र २७ मा मन्त्री बनेका २० जना पदमुक्त भएका छन् ।

आदलतको यस फैसलाले राष्ट्रिय राजनीतिलाई जटिलतातर्फ धकेलेको प्रवक्ता ज्ञवालीले टिप्पणी गरेका छन् ।

सर्वोच्चको आदेशपछि एमालेको आधिकारिक धारणा सार्वजनिक गर्नका लागि छलफल भईरहेको उनले बताए ।

यो पनि पढ्नुहोस

२० मन्त्री पदमुक्त भएपछि ५ सदस्यमा सीमित मन्त्रिपरिषद्
सर्वोच्चले बदर गर्‍यो प्रतिनिधि सभा विघटनपछि गरिएको मन्त्रिपरिषद् विस्तार (पदमुक्त भएका मन्त्रीहरुको नामावलीसहित)

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);