प्रधानमन्त्रीले गरे माथिल्लो तामाकोशी जलविधुत् आयोजनाको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्रीले गरे माथिल्लो तामाकोशी जलविधुत् आयोजनाको उद्घाटन

kp oli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । सोमबार साँझ प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गरेका हुन् ।

कूल ४५६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाटको पहिलो युनिट बिजुली उत्पादन शुरू भएको छ ।माथिल्लो तामाकोशीमा ७६–७६ मेगावाटका ६ वटा युनिट छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य छ ।माथिल्लो तामाकोशी नेपालको स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना हो ।

शुरुआती लागत ३५ अर्ब रहे पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब हाराहारी पुगेको तथ्याङक उर्जामन्त्री विष्णु पौडेलले जानकारी दिएका हुन् ।

यो परियोजनाले आर्थिक वृद्धिमा करिब एक प्रतिशत योगदान दिने अर्थ तथा ऊर्जामन्त्री विष्णु पौडेलले बताउँदै यो परियोजनाले दिगो रुपमा लोडसेडिङ अन्त्य गर्ने सुनिश्चित भएको दाबी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);