सरकारका धेरै वेबसाइटहरुमा नेपालको पूरानो नक्सा कायम छ : खिमलाल देवकोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारका धेरै वेबसाइटहरुमा नेपालको पूरानो नक्सा कायम छ : खिमलाल देवकोटा

काठमाडौँ। राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले सरकारका धेरै वेभसाइटहरुमा नेपालको पूरानो नक्सा नै रहेको भन्दै सच्याउन आग्रह गरेका छन्। राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकको विशेष समयमा पहिलो पल्ट बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनुपर्ने आवश्यकता रहेको बताएका हुन्।

उनले सपथ सम्बन्धी अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको बताए । अघिल्लो दिन गलत शपथ लिएकोमा भोलिपल्ट सच्याएर सपथ लिन लगाउनुपर्ने राष्ट्रपतिले सपथ सम्बन्धी अध्यादेश जारी गरेर संविधान विपरित काम गरेको टिप्पणी देवकोटाले गरे । उनले राष्ट्रपतिको यो कदमले संविधानको संरक्षण र सम्वद्र्धन हुन नसक्ने बताए ।

त्यस्तै अर्का राष्ट्रियसभा सदस्यमा निर्वाचित सदस्य दीर्घनारायण पाण्डेले राजनैतिक रुपमा देश विभाजन हुनु गम्भीर भएको बताएका छन् । राष्ट्रियसभामा पहिलोपल्ट बोल्दै सदस्य पाण्डेले राष्ट्रियराजनीतिमा ठूलो दल विभाजन उन्मुख हुनु दुखद भएको टिप्पणी गरेका छन् ।

सरकारले लिएको नीतिले विकाश निर्माण र शासन व्यवस्था नै केन्द्रिकृत हुन पुगेको आरोप पनि उनले लगाएका छन्।अहिलेसम्म प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो अधिकार पाउन नसक्दा संघीयताविरुद्ध आवाजहरु उठ्न थालेको बताए।

राष्ट्रियसभा सदस्य पाण्डेले अहिले मुलुकमा विषम राजनीतिक अवस्था भएकाले राष्ट्रिय एकताका लागि सबै एकै ठाउँमा आउन आवश्यक रहेको उल्लेख गरेका छन् । राष्ट्रिय सहमति बनाएर जान सके संघीयता तथा लोकतन्त्र विरुद्धको आवाज निस्तेज पार्न सक्ने बताए। यस्तो बेलामा राष्ट्रियसभाले विशेष पहल लिनुपर्ने धारणा उनले राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);