स्थानीय तह र प्रदेशले पाउने अधिकारको निम्ति बुलन्द आवाज उठाउँछु : राष्ट्रिय सभा सदस्य पाण्डे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्थानीय तह र प्रदेशले पाउने अधिकारको निम्ति बुलन्द आवाज उठाउँछु : राष्ट्रिय सभा सदस्य पाण्डे

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डेले संघीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारको लागि आफुले दह्रोगरी आवाज उठाउने बताएका छन् ।

बुधबार राष्ट्रिय सभा सदस्यको सपथ ग्रहणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ देशको संघीयता, समावेशी र समानुपातिकताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझैपनि पाउन नसकेको भन्दै त्यसको निम्ति संसदमार्फत् बुलन्द आवाज उठाउने बताए ।

पाण्डेले नेपालको लोकतन्त्र र संविधान ओझेलमा देखिएको टिप्पणी पनि गरे । उनले भने – ‘मेरो प्राथमिकता भनेको अहिलेको अवस्थामा लोकतन्त्र वा संविधान नै ओझेलमा देखिएको छ । लोकतन्त्र र संविधान माथि नै विभिन्न किसिमका तत्वहरु टिकाटिप्पणीहरु, वक्तव्यवाजी गरिरहेका छन् । त्यसले गर्दा अहिले यो देशको जुन संघीयता हो, समानुपातिक, समावेशी हो । यो वास्तवमा जुन ठाउँमा जहाँसम्म पुग्नुपर्ने हो त्यो अहिले पुग्न सकेको छैन र अहिले पाउने अधिकार संघीयताको आधारमा स्थानीय तह, प्रदेशसम्म पुरा अधिकार नि पुगेको छैन । यि विषयवस्तुहरुलाई समेटेर संसदमा हामी सबै मान्यज्यूहरुको छलफलद्धारा हामीले यसलाई बुलन्द रुपले आवाज माथि उठाउनेछौँ ।’

नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) माधव नेपाल पक्ष, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको समेत समर्थनमा जेठ १७ गते लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथग्रहण गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);