संविधानलाई बचाउने र राइट ट्रयाकमा ल्याउनेमा मेरो भुमिका हुन्छ : डा. खिमलाल देवकोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

संविधानलाई बचाउने र राइट ट्रयाकमा ल्याउनेमा मेरो भुमिका हुन्छ : डा. खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सहि दिशामा ल्याउन आफ्नो भुमिका हुने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा सदस्यको रुपमा सपथ ग्रहण गर्दै सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ डा. देवकोटाले संविधानत्ः प्रधानमन्त्री संसदप्रति उत्तरदायि हुने भएपनि संसदलाई छलेर पटक पटक विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने खेल भएको बताए । संविधानलाई सबै मिलेर बचाउनुपर्ने भन्दै उनले आफ्नो भुमिका संविधानलाई बचाउन र संविधानलाई सहि दिशामा ल्याउनका लागि हुने बताए ।

डा. देवकोटाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे। संविधानलाई सहि दिशामा ल्याउनका लागि प्रतिनिधि सभा पुर्नस्थापनाको विकल्प नभएको उनले बताए । संविधानतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६(५) अनुसार दाबी गरिसकेपछि देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिनुपर्नेमा त्यसो नगरी संविधानभन्दा बाहिर गइएको उनले बताए ।

डा. देवकोटाले राष्ट्रिय सभा सदस्यको रुपमा शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ लिएका छन् । डा. देवकोटा ६ गते भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) माधव नेपाल समुहको सहयोगमा निर्वाचित भएका हुन् । उनले नेकपा(एमाले)का उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);