संविधानलाई होच्याउने काम गरे कडा प्रतिवादमा उत्रनेः ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

संविधानलाई होच्याउने काम गरे कडा प्रतिवादमा उत्रनेः ओली

kp oli

काठमाडौँ, ३ असोज ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई होच्याउने काम गरे कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले बलिदानपूर्ण संघर्षबाट प्राप्त संविधानलाई होच्याउने काम गरे नेपाली जनतालाई सैह्य नहुने पनि स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘संविधान निर्माणका २ वर्ष’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतप्रति संकेत गर्दै नेपालको संविधानलाई होच्याउन काम कसैलाई पनि गर्न नदिने दृढता पनि व्यक्त गरे । अध्यक्ष ओलीले संविधान कार्यान्वयनमा असन्तुष्ट पक्षहरु पनि लागि परेकोभन्दै खुसी पनि व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले संविधान दिवसको सबै नेपाली सुःखी रहेको हेर्न चाहेको पनि बताए । उनले राष्ट्रिय एकतालाई सुदृढ गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि उल्लेख गरेका छन् । लोकतन्त्रलाई सुदृढ गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने उनको भनाई छ ।
अध्यक्ष ओलीले हिमालदेखि तराईसम्मका जनताबीच आपसी समझदारी कायम गरेर मुलुकलाई शान्त, समृद्ध र सुःखी नेपाल बनाउने अभियानमा आफ्नो पार्टी जुटिरहेको दावी समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी मंसीर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । उनले राष्ट्रिय एकतालाई सुदृढ बनाउन पनि आसन्न सबै तहको निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने उनको भनाइ थियो ।

वरिष्ठ नेता खनालले मुलुकलाई सुदृढ बनाउन पार्टी भित्र बलियो एकताको आवश्यक्तामा पनि जोड दिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);