एकछिन बादल लागेको छ, फेरी सूर्य बादल हटाएर उदाउने छ : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एकछिन बादल लागेको छ, फेरी सूर्य बादल हटाएर उदाउने छ : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एकछिन बादल लागेको छ भएपनि फेरी सूर्य बादल हटाएर उदाउने बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन लाई पुनस्थापित गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ती गर्न परमादेश जारी गरेपछि मंगलबार सिंहदरबारबाट विदाई सम्बोधन गर्दे ओलीले यस्तो बताएका हुन् ।

ओलीले संविधानलाई संकट तिर धकेल्ने प्रयासका विरुद्ध चट्टान भएर उभिने भन्दै उहाँले केही समयका लागि देखिएको बादललाई हटाउदै सुर्य उदाउने उद्घोष गरे ।

ओलीले अदालतको फैसला पछि आफु सरकारबाट बाहिरीए पनि लोकतन्त्रको रक्षा र सुदृढीकरणकाको पक्षा खबरदारी गरिरहने बताए । उनले भने “ लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि हामी २४ सै घण्टा सजग भएर अब पनि खडा हुनेछौ । थालिएका अग्रगामी कदमहरुको निरन्तरताका लागि खबरदारी गरिरहनेछौ । मुलुकलाई अस्थिरतातिर, अर्थतन्त्रलाई ओरालोदिशातिर, जनतालाई अन्धकारतिर र संविधानलाई संकट तिर धकेल्ने प्रयासका विरुद्ध हामी चट्टान भएर उभिनेछौ । मेरो पुर्ण विश्वास छ मुलुकले सुरु गरेको अग्रगमनको यात्रा कसैले पनि विथोल्न सक्नेछैन र हामी त्यो विथोल्न दिने पनि छैनौ । वादलले एकछिन अध्याँरो पार्न सक्ला घामलाई छेक्न सक्ला तर सुर्यको प्रकाशलाई कसैले पनि निष्तेज पार्न सक्क्तैन । नेपाललाई सम्मृद्ध र नेपाली जनतालाई सुखी बनाउने महान अभियानमा म र मेरो पार्टी सधैभरी अग्रमोर्चामा डटीरहनेछौ । एकछिन बादल लागेको छ । फेरी सुर्य बादल हटाएर उदाउने छ । ”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);