संबिधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता रहेको प्रधानमन्त्री ओलीको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

संबिधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता रहेको प्रधानमन्त्री ओलीको भनाई

kp oli

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति,सुशासन, विकास र समृद्धिको लागि संविधान कार्यान्यवन गर्नु आफ्नो कर्तव्य भएको बताएका छन् ।

बुधबार संविधान दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा भएको कार्यक्रममा उनले संविधानले शान्ति, स्थिरता, विकास र समृद्धिको ढोका खोलेको उल्लेख गरे । संविधानले नेपाललाई बलियो, समृद्ध र मर्यादित राष्ट्रको रुपमा रुपान्तरित गरेको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रियताको रक्षा र छिमेकिसँगको सम्बन्ध बलियो बनाउने काम संविधानले गरेको बताए ।

उनले तराई,हिमाल र पहाडको साझा भावना समेटीएको साझा ग्रन्थको रुपमा संविधान आएको बताए । संविधानलाई आवश्यकता अनुसार संशोधन गर्न सकीने भन्दै ओलीले सबै असन्तुष्टिका स्वरहरुलाई संविधान मार्फत संस्थागत गर्न सकीने तर, अधिकार माग्ने बाहनामा मुलुकलाई क्रिडास्थल बन्न नदिने प्रष्ट पारे ।

राजनीतिक क्रान्ति पुरा भईसकेको भन्दै प्रधानमन्त्री ओलीले समृद्धि र विकासको साझा एजेण्डामा एकताबद्ध हुन सबै राजनीतिक दललाई आग्रह गरे । नेपाली सेनाको संविधान दिवस झण्डा अंकित हेलिकोप्टरबाट पुष्पबृष्टि गरीएको थियो । त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आ–आफ्नो कलाकौशल प्रर्दशन गरेका थिए ।